दिपावलीपछि फार्महाउसमा बस्नेछन् आर्यन खान « Khabarhub

दिपावलीपछि फार्महाउसमा बस्नेछन् आर्यन खान


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको घर मन्नतमा पुनः एकपटक खुशी फर्किएको छ । उनीहरुका छोरा आर्यन खान केही साताको आर्थर रोड जेलको बसाई पछि घर फर्किएका छन् ।

पछिल्लो केही हप्ता शाहरुख र उनको परिवारका लागि तनावपूर्ण समय थियो । उनीहरुले आफ्ना साथीभाईहरुलाई आर्यन खान रिहा नहुञ्जेलसम्म मन्नतमा नआउन आग्रह गरेका थिए । अब भने सबैका लागि मन्नतको ढोका खुला भएको छ ।

शाहरुख र गौरीलाई आर्यनलाई सुरक्षित रुपमा मिडियाबाट टाढा राख्नका लागि सबै कदम उठाएका छन् । आर्यनका लागि बितको २८ दिन निकै कष्टपूर्ण थियो । त्यसकारण उनलाई अब शाहरुख र गौरी केही राहत दिन चाहन्छन् ।

आर्यन जमानतमा रिहा भए पनि उनी अदालतको अनुमति बिना मुम्बईबाट बाहिर जान पाउदैनन् । उनले आफ्नो पासपोर्ट पनि अदातलमा बुझाउनुपर्नेछ ।

समाचारअनुसार दिपावलीपछि आर्यन मन्नतबाट टाढिदैछन् । आर्यन आफ्नो अलिबागवाला फार्महाउसमा नै बस्नेछन् । शाहरुखले आर्यनलाई केहीसमय शान्त वातावरणमा राख्नका लागि फार्महाउस रोजेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : १३ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन