कोरियन फिल्ममा वकिल दीपिका « Khabarhub

कोरियन फिल्ममा वकिल दीपिका


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– हलिउड फिल्म उद्योगमा बलिउडका कैयौं कलाकारले आफ्नो नाम बनाएका छन् । अनुपम खेरदेखि लिएर इरफान खान र प्रियंका चोपडासम्मका कलाकारले बलिउडसँगै हलिउडमा राम्रा काम गरेका छन् ।

तर जब कोरियन फिल्म उद्योगको नाम आउँछ, त्यसमा बलिउड केही पछाडि छ । तर तपाईंले नेटफ्लिक्समा रिलिज नयाँ दक्षिण कोरियन सिरिज ‘स्क्विड गेम’ हेर्नुभएको छ भने अनुपम त्रिपाठीलाई त चिन्नुनै हुन्छ । अनुपम बलिउडका एक्ला अभिनेता हुन्, जो यो दक्षिण कोरियाली फिल्म उद्योगमा छाएका छन् । अब यो सूचीमा अभिनेत्री दीपिका पादुकोण पनि सामेल हुँदैछिन् ।

समाचारअनुसार दीपिका चाँडै नै कोरियन फिल्ममा देखिँदैछिन् । जुन फिल्ममा कोरियन सुपरस्टार गोंग यूको अभिनय हुनेछ । गोंगलाई पछिल्लोपटक ‘स्क्विड गेम’मा दर्शकले हेरेका थिए । यसबाहेक उनले ‘द गार्डियन’ र ‘द ट्रेन टू बूसान’बाट लोकप्रियता पाएका थिए ।

यो फिल्ममा दीपिका प्रमुख भूमिकामा नभई एक वकिलको चरित्रमा देखिनेछिन् । कथा अनुसार फिल्ममा गोंगले पत्नीसँग सम्बन्धविच्छेद गरेपछि दीपिकाको शरणमा पुग्नेछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : २५ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते