कोरियन फिल्ममा वकिल दीपिका « Khabarhub

कोरियन फिल्ममा वकिल दीपिका


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– हलिउड फिल्म उद्योगमा बलिउडका कैयौं कलाकारले आफ्नो नाम बनाएका छन् । अनुपम खेरदेखि लिएर इरफान खान र प्रियंका चोपडासम्मका कलाकारले बलिउडसँगै हलिउडमा राम्रा काम गरेका छन् ।

तर जब कोरियन फिल्म उद्योगको नाम आउँछ, त्यसमा बलिउड केही पछाडि छ । तर तपाईंले नेटफ्लिक्समा रिलिज नयाँ दक्षिण कोरियन सिरिज ‘स्क्विड गेम’ हेर्नुभएको छ भने अनुपम त्रिपाठीलाई त चिन्नुनै हुन्छ । अनुपम बलिउडका एक्ला अभिनेता हुन्, जो यो दक्षिण कोरियाली फिल्म उद्योगमा छाएका छन् । अब यो सूचीमा अभिनेत्री दीपिका पादुकोण पनि सामेल हुँदैछिन् ।

समाचारअनुसार दीपिका चाँडै नै कोरियन फिल्ममा देखिँदैछिन् । जुन फिल्ममा कोरियन सुपरस्टार गोंग यूको अभिनय हुनेछ । गोंगलाई पछिल्लोपटक ‘स्क्विड गेम’मा दर्शकले हेरेका थिए । यसबाहेक उनले ‘द गार्डियन’ र ‘द ट्रेन टू बूसान’बाट लोकप्रियता पाएका थिए ।

यो फिल्ममा दीपिका प्रमुख भूमिकामा नभई एक वकिलको चरित्रमा देखिनेछिन् । कथा अनुसार फिल्ममा गोंगले पत्नीसँग सम्बन्धविच्छेद गरेपछि दीपिकाको शरणमा पुग्नेछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : २५ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र