नेप्सेमा दोहोरो अंकको गिरावट, सात अर्बभन्दा बढीको कारोबार | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, सात अर्बभन्दा बढीको कारोबार


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ । बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ ।

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको सेयेरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, साहास ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै, सोमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेवा विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ३६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी