कर्णालीका तीन मन्त्रीको पदावधि सकियो « Khabarhub

कर्णालीका तीन मन्त्रीको पदावधि सकियो


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोर क्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो ।

विश्वासको मत दिएकै भोलिपल्ट मुख्यमन्त्री शाहीले ४ वैशाख तीन जनलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री भएपछि एमालेले सांसद पदबाट मुक्त भएका थिए ।

गैरसांसद मन्त्री हुन नपाउने व्यवस्थाअनुसार छ महिना पुगेका कारण सोमबार स्वतः पद मुक्त भएका हुन् ।

एमालेले पदमुक्त गरेपछि उनीहरू १५ वैशाखदेखि गैरसांसदका रूपमा रहेका थिए । पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता हुन् ।

तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ ।

मुख्यमन्त्रीलाई पद छाड्न कांग्रेसको दबाब

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद छाड्न दबाब बढेको छ । नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई पूर्वसहमतिअनुसार पद छाड्न दबाब दिएको हो । ३ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिँदा छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो ।

केन्द्रीय गठबन्धनको राजीनामा दिन निर्देशन आइनसकेका कारण राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ । कांग्रेसका नेताहरूले ५ बजे नै राजीनामा दिनुपर्छ भनेर दबाब दिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : २७ बजे

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । हिंसात्मक उग्रवादसँगवविरुद्ध