कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई समर्थन गर्ने घोषणा | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई समर्थन गर्ने घोषणा


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिँदै शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा गरेका छन् । शाहीको सरकार तीन वर्ष ८ महिनामा ढलेको हो । गत वैशाखमा शाहीले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा कांग्रेस र माओवादीबीच ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार ठिक ६ महिनापछि उनले राजीनामा दिएर कांग्रेसलाई समर्थन गरेका हुन् ।

कांग्रेसबाट नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ । ४० सदस्यीय प्रदेश सभा हाल ५ सदस्यीय छ । सबैभन्दा ठूलो दल एमाले सभामुखसहित १६, माओवादी १३, कांग्रेस ६ र राप्रपाको १ सिट छ । सरकार बनाउन कांग्रेस र माओवादीबीच गठबन्धन भए बहुमत पुग्छ ।

राजीनामा दिनुअघि प्रदेशवासीका नाममा सम्बोधन गर्दै शाहीले आफ्नो सरकारले गरेका कामबारे लामो चर्चा गरेका थिए । ७ प्रदेश मध्ये अब माओवादी नेतृत्वको सरकार सुदूरपश्चिम र लुम्बिनीमामात्र रहेको छ भने कांग्रेस गण्डकीपछि दोस्रो प्रदेश कर्णालीमा सरकारको नेतृत्व गर्ने तयारीमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : २३ बजे

उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)

उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन 

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको केन्द्रीय

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको

काठमाडौं उपत्यकामा दिनभरि झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यका लगायत आज देशैभर हल्का देखि भरी वर्षा

आफ्नो मुलुकमा हमला गर्न रुसले प्रयोग गरेका ड्रोनमा भारतीय पार्टपुर्जा भेटिएको युक्रेनको दाबी

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग निहुँ खोजिरहेका