बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण « Khabarhub

बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मजुङ– लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस्ट पुल निर्माण गरेको छ । डुम्रे–बेसीसहर सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका २ राक्से खोलामा फलामको ट्रस्ट पुल निर्माण गरेको हो ।

स्थानीयहरूले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्नका लागि सेनालाई अनुरोध गरेपछि ६० हजार बराबरको लगानीमा पुल निर्माण गरिएको श्रीजङ गणका गणपति जयराम थापाले बताए ।

सेनाले ब्यारेकभित्र रहेका फलामका सामाग्री र केही सामाग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस्ट पुल निर्माण गरेको गणपति थापाको भनाइ छ ।

पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुई पाङ्ग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ । यसअघि कजवे मात्र रहेको उक्त खोलामा पैदल यात्री र दुई पाङ्ग्रे सवारीका निम्ति निकै कठिन भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : २० बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले