फोर्ड नेपालको अफ टु नुवाकोट कार्यक्रम सम्पन्न « Khabarhub

फोर्ड नेपालको अफ टु नुवाकोट कार्यक्रम सम्पन्न


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोर्ड नेपाल (जी.ओ. अटोमोबाइल्स प्रालि) ले नेपालमा आन्तरिक पर्यटन प्रर्वद्धन र अफ रोडिङ संस्कृति विकास गर्ने उद्देश्यले उसको ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने ‘अफ टु नुवाकोट’ चार गुणा चार कार्यक्रम सम्पन्न गरेको छ ।

अफ टु नुवाकोट चार गुणा चार कार्यक्रमको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रर्वद्धनको साथसाथै आरोहणको अवधारणा उकास्ने रहेको सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

फोर्ड नेपालका अनुसार यो एक दिनको पारिवारिक कार्यक्रम हो । काठमाडौँ उपत्यकाबाट छोटो दूरीमा रहेको तर नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोट सम्मको यात्रा हो ।

र्‍याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो । यात्रामा वनक्षेत्र र वनस्पति र पुरातन सांस्कृतिक गाउँहरू सहितको सबैभन्दा रमणीय स्थानहरू थिए ।

यो कार्यक्रम विशेषगरी फोर्डको चार गुणा चार ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रम रहेको जनाइएको छ ।

कार्यक्रममा ४० जना सहभागीहरूसँग फोर्डले जङ्गल भ्रमण, जिपलाइन र साइट सिइङ जस्ता गतिविधिहरु सहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेती प्रर्वद्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको थियो ।

फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमको एक हिस्साको रूपमा हरेक वर्ष विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ ।

पछिल्लो दिनमा ड्राइभ टु मनाङ, ड्राइभ टु लोमाङथाङ र मुस्ताङ एडभेन्चरजस्ता सफल कार्यक्रमहरू भएका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : २० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको