गर्भवती अवस्थामा किन वाकवाकी लाग्छ ? « Khabarhub

गर्भवती अवस्थामा किन वाकवाकी लाग्छ ?


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया गर्भवती अवस्थामा धेरै महिलालाई वाकवाकी लाग्दछ । यो गर्भावस्थामा देखिने सामान्य समस्या हो । तर, गर्भावस्थामा किन वाकवाकी लाग्छ त ?

चिकित्सकका अनुसार गर्भावस्थामा वाकवाकी लाग्नुको प्रमुख कारण हो, एचसिजी हर्मोन । यो हर्मोनका कारण गर्भवती महिलालाई रिगंटा र वाकवाकी लाग्ने गर्दछ । जसलाई चिकित्सकीय भाषामा प्रेग्नेन्सी हर्मोन पनि भनिन्छ । यस्तो हर्मोनले निषेचित अण्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । वाकवाकी लाग्नुमा स्ट्रेस र थकान पनि प्रमुख कारण हुन् ।

गर्भावस्थामा वाकवाकी लाग्नुको अर्को कारण हो इस्ट्रोजिन हर्मोन । यो हर्मोन गर्भवती महिलामा बढेर जाँदा वाकवाकी लाग्दछ । सामान्यतया गर्भवती भएको ४ देखि ८ हप्ताबाट वाकवाकी लाग्न सुरु हुन्छ । यो क्रम १३ देखि १४ हप्तासम्म रहन्छ । कसै कसैमा भो यो भन्दा पनि बढी समयसम्म हुन सक्छ । कतिपयमा यो समस्या नदेखिन पनि सक्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ०५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार