देशमा लगानीको वातावरण बन्दैछ: प्रधानमन्त्री « Khabarhub

देशमा लगानीको वातावरण बन्दैछ: प्रधानमन्त्री


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड– १९ को महामारी नसकिए पनि सामान्य अवस्थातिर फर्किएको भन्दै मुलुकमा लगानीको वातावरण बनाइने बताए ।

छोटो समयमा मुलुकको विकास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको र आवश्यक नियमनको सहजीकरणको पक्षमा बताए।

प्रधानमन्त्री देउवाले मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनी, जलविद्युुतमा भएको कामको प्रशंसा गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अहिलेको खर्च प्रणालीले भने अनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए । नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उनले बताए ।

विकासका सानातिना कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ले विकासमा ढिलाइ हुने गरेको बताउँदै मन्त्री शर्माले विकासका लागि विशेष कानुन चाहिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : १६ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित