कांग्रेस महाअधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै « Khabarhub

कांग्रेस महाअधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । बिहीबार सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनहरूमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

का‌ंग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसदसमेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनबीच प्रतिस्पर्धा हुने देखिएको छ । संसदको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

शाहले आफ्नो जित निश्चित रहेको बताए । पार्टीमा लामो समय काम गरेको र इमान्दारीपूर्वक काममा खटिएकाले कार्यकर्ताले आफ्नो निष्ठा र इमान्दारितामा विश्वास गर्ने शाहले बताए ।

उता, अर्का उम्मेद्वार पुनले पनि आफ्नो जित निश्चित रहेको दाबी गरे । आफूले जिते रोल्पा, रुकुम जस्ता संगठन कमजोर भएका जिल्लामा पार्टीको संगठनलाई मजबूत बनाउने पनि उनले बताए ।

प्रदेश अधिवेशनका लागि १६ मंसिरमा मतदाता नामावली प्रकाशन, १७ गते उम्मेदवारी दर्ता र १८ र १९ गते प्रदेशको अधिवेशन तोकिएको छ । प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : १० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा