कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत « Khabarhub

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको विश्वासको मतको प्रस्तावमा बहुमत २२ मत प्राप्त भयो ।

विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गरे।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहे।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ५५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका