राष्ट्रपति भण्डारीबाट रेल्वेलगायत ६ वटा अध्यादेश जारी « Khabarhub

राष्ट्रपति भण्डारीबाट रेल्वेलगायत ६ वटा अध्यादेश जारी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ। यी मध्ये केही अध्यादेश ओली सरकारका पालामा पनि ल्याइएका थिए । तर, ओली सरकारका पालामा संसदबाट यी अध्यादेश पारित हुन नसकेपछि निष्क्रिय बनेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ३६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ