विश्व एड्स दिवसमा पाँच जना सम्मानित « Khabarhub

विश्व एड्स दिवसमा पाँच जना सम्मानित


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– धरानमा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार ३४ औं विश्व एड्स दिवस मनाइएको छ।

धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले पत्रकार विकास चाम्लिङ राई, वीपी प्रतिष्ठानका ए.एस.एस. प्रोफेसर डाक्टर श्याम प्रसाद काफ्ले, ए.आर.टी. काउन्सिलर निशा श्रेष्ठ, अभियान्ता कृष्ण शुन्दर राई र स्व. नरेशलाल श्रेष्ठ (रञ्जना श्रेष्ठ)लाई सम्मान पत्र प्रदान गरेका छन् ।

मेयर राईले समाजमा विगतमा भन्दा अहिले एचआईभी संक्रमित विरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै आएको बताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने मेयर राईको भनाइ थियो ।

मेयर राईले स्वस्थ्य जीवन जीउनु हरेक नागरिकको मौलिक अधिकार भएको बताउँदै एचआईभी संक्रमित भएर बाँचिरहेका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले जस्तो सम्मानपूर्वक बाँच्न पाउने वातावारण सृजना गर्नुपर्नेमा जोड दिए ।

धरान पोजेटिभ समूहका उपाध्यक्ष रोमन राईले धरान उपमहानगरपालिकाको अयोजना तथा धरान पोजेटिभ समूहको संयोजनमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, सामाजिक अभियान्ता लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ३० बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार