जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौैँ : मन्त्री श्रेष्ठ « Khabarhub

जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौैँ : मन्त्री श्रेष्ठ


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफुहरु लागि परेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र्रको सिन्धपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको बुधबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागि पर्ने बताइन् ।

मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उद्देश्य रहेकाले आफूले मन्त्रालय संहालेपछि उनीहरुका पक्षमा काम शुरु गरिसकेको पनि उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मृत्यु शैय्यामा पु¥याउने गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा पाँच दल र नागरिकको साथबाट संविधान जोगाउन सकिएको भए पनि चुनौती अझै रहेकाले त्यस तर्फ सबै सचेत बन्नुपर्ने बताइन् ।

संविधान मास्ने प्रतिगामी तत्वहरु अझै जिवितै रहेकोले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन को अझै आवश्यकता रहेको पनि मन्त्री श्रेष्ठले टिप्पणी गरिन् ।
मन्त्री श्रेष्ठले यस महिना भित्र सप्तरी र नवलपरासीमा तथा पुस महिना भित्रमा गाउँब्लकको अधिंकाश ठाउँमा लालपुर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफुले काम शुरु गरिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : १५ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ