नाइजेरियाको डुङ्गा दुर्घटनामा अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु « Khabarhub

नाइजेरियाको डुङ्गा दुर्घटनामा अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कानो– उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन् ।

कानो राज्यमा मंगलबारको दुःखद घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको दुःखद् सबैभन्दा पछिल्लो घटना हो । उक्त दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ ।

“हामीले अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेका छौँ र अझै बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छौँ,” कानो राज्यका अग्नि सेवाका प्रवक्ता सामीनु अब्दुल्लाहीले बुधबार एएफपीलाई बताए ।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेकासात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ ।

अब्दुल्लाहीले भने, “१२ वयस्क व्यक्ति बोक्ने क्षमता रहेको डुङ्गामा क्षमताभन्दा बढी धेरै केटाकेटीहरूलाईराखिएको पुष्टि भएको छ ।”

कानो राज्यको बदाउ गाउँबाट आठ देखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए । एएफपी

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ४७ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध