कङ्गोमा २५ आम नागरिकको हत्या | Khabarhub Khabarhub

कङ्गोमा २५ आम नागरिकको हत्या


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा कम्तीमा २५ सर्वसाधारण मारिएका छन् ।

देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन ।

घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् ।

‘सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,’ एक अधिकारकर्मीले भने ।

कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : २५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र