नेकपा दाहाल-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै « Khabarhub

नेकपा दाहाल-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट छ ।

सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको दाहाल-नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाएर संयुक्त सरकार चलाउने तथा विघटन भए तालमेल गरेर चुनावमा जान ओली-देउवा सहमत भएको सार्वजनिक भएपछि दाहाल-नेपाल समूह संयुक्त आन्दोलनको विकल्पमा पुगेको स्रोतको दाबी छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरूङका अनुसार चुनाव भए पनि आन्दोलन भए पनि कांग्रेसले कसैसँग सहकार्य गर्ने छैन ।

‘कांग्रेस अहिले सडकमा छ, अदालतको निर्णय हामीलाई मान्य छ, जस्तो आदेश आए पनि हामी कसैसँग तालमेल नगरी अघि बढ्छौँ चाहे त्यो आन्दोलन होस वा चुनाव,’ गुरूङले भने ।

संयुक्त आन्दोलन नगर्ने कांग्रेसको प्रष्ट संकेतपछि दाहाल-नेपाल समूहले अब जनपरिचालनलाई प्रभावकारी बनाउने गरीका आन्दोलनका कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

अबको कार्यक्रममा वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका एक सदस्यले बताए ।

जनपरिचालन गर्दा चुनाव भइहाले त्यसको लाभ लिन पनि सकिने दाहाल-नेपाल समूहको ठम्याई छ ।

संसद विघटनसँगै नेकपा विभाजित भएको थियो । वैधानिकतालाई लिएर दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन् ।

आयोगमा आफ्नो आधिकारिकता पुग्ने गरी दुबै समूहले समानन्तर बैठकमार्फत आफू अनुकलका निर्णयहरू गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ०७ बजे

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा हाल कायम

बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

हकाठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवनका

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र

एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा

काठमाडौं- चितवनका रवि बोपाराले लुम्बिनी लायन्सविरुद्धको बिहीबारको खेलमा पनि अर्धशतक

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा