प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ।

दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित २२ रन बनाउँदा रेवती धामीले १२ रन बनाइन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ३ विकेट लिँदा सीता रानामगरले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १५ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि ज्योति पाण्डेले अभिजित रहँदै सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले १९ रन बनाइन्।

जितसँगै एपीएफले फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनलमा प्रदेश १ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १ : ३३ बजे

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष