देशभर ४१९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५७११ « Khabarhub

देशभर ४१९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५७११


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप  ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप  ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : २० बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं- हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

आज २०७९ साल चैत १५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १५ गते बुधबार। ज्योतिष

सहकारी व्यवस्थापनमा सक्रिय नमोबुद्ध

काठमाडौँ – नमोबुद्ध नगरपालिकाले पालिकाभित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा