बिग बास लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, मेलवर्न स्टार्सविरुद्ध लिए २ विकेट « Khabarhub

बिग बास लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, मेलवर्न स्टार्सविरुद्ध लिए २ विकेट


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यो सिजनको आफ्नो पहिलो खेलमा उनले २ विकेट लिन सफल भएका हुन ।

होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दीपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका हुन् ।

मेलवर्न स्टार्सविरुद्धको खेलमा उनको टोली होबार्ट हुरिकेन्स २१ रनले विजयी भयो ।

पहिले ब्याटिङ थालेको हुरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

दाविद मालानले हुरिकेन्सका लागि सर्वाधिक ७५ रन स्कोर गरे । जवाफी ब्याटिङ गरेको मेलवर्नलाई १ सय ४३ रनमै समेट्ने क्रममा स्टक बोल्यान्डले तीन, सन्दीप लामिछाने र नाथान इलिजले दुई–दुई तथा जोहान बेथाले १ विकेट लिए ।

सन्दीपले आफ्नो पहिलो ओभरमै हिल्टन कार्टराइटलाई ८ रनमै बोल्ड गरे । त्यस्तै, बेन डंकलाई सन्दीपको बलमा म्याक डेर्मोटले क्याचआउट गरे । डंकले केवल २ रनमात्रै बनाउन पाए ।

होबार्ट हुरिकेन्स यस जितपछि दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म खेलेका ७ खेलमध्ये उसले ५ खेल जितेको छ । शीर्ष स्थानमा सिड्नी थन्डर्स छ ।

कोरोना संक्रमित भएका कारण उनी समयमै बिगवास खेल्नका लागि नेपालबाट अस्ट्रेलिया जान पाएनन् । अस्ट्रेलिया गएर थप १४ दिन क्वारेन्टाइन बस्दा उनले सुरुवाती ६ खेल गुमाएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ३३ बजे

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष