कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली (भिडियोसहित) « Khabarhub

कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली (भिडियोसहित)


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने र तोकिएको मितिमै चुनाव हुने बताएका छन् ।

नेकपाको ओली समूहको काठमाडौं जिल्ला भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थाअनुसार संसद विघटन गरिएको दाबी गरे ।

उनले अब चुनावको तयारीमा लाग्न समेत निर्देशन दिए । दुई तिहाईको नेतृत्वको सरकार आफूले सञ्चालन नगर्ने भनेर संविधानअनुसार संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘ दुईतिहाई मत रहेको प्रधानमन्त्री म, ६४ प्रतिशको दलको नेता मैले ताजा जनादेश चाहियो भनेर भनेपछि पुर्नस्थापना गरेर कहाँ पठाउने ?’

घरको छानो चुहिएपछि अर्को नयाँ छानो हाल्नुपर्ने उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने,‘ताजा जनादेश चाहियो भनेर मैले भनेको छु । छानो चुहियो अर्को बनाउँछ भनेर भनिरहेको छ अनि छिमेकीले हैन पुरानो छानो नै भनेर हुन्छ । पुरानै छानो फर्काउन खोज्नेले पुरानै खर खोजे हुन्छ ।’

नेपालको संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने,‘ प्रधानमन्त्रीलाई धारा ७६ को उपधारा ७ मा प्रतिनिधिसभा विघटन गर्न मिल्ने व्यवस्था छ । कसैले भन्ला धेरैवटा पार्टी मिलाएर पनि सरकार बन्थ्यो भनेर तर हाम्रो पार्टीभन्दा बाहिर रहेको भनेको त ३६ प्रतिशत मत मात्रै हो ।’

हेरौँ भिडियो

प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले अघि भने,‘केही समयअघि बेलायतमा अटेरी गर्ने २१ जना सांसदहरुलाई बर्खास्त गरेर अर्को चुनाव घोषणा गरेर बहुमत ल्याएर अहिले सरकार चलाइरहेका छन् । यस्ता धेरै उादहरण छन । संसदीय अभ्यास भएका मुलुकहरुको स्वभाविक प्रक्रियाअनुसारै संसद विघटन भएको छ । इजरायलमा पनि अहिले यस्तै भइरहेको छ ।’

नेकपाको ‘प्रचण्ड-नेपाल’ समूहको ध्यान पार्टीको सम्पत्तिमा रहेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘ धनगढीमा जम्मा भएको ३० लाख रुपैयाँ र्टीका कार्यकर्ताले दुःख गरेर जम्मा गरेका थिए । तर एउटा मानिस गएर छलछाम गरेर गायव पारेछ । यीनिहरुको ध्यान पार्टी कार्यालय, जमिन वा पैसामा मात्रै रहेको छ ।’

नेकपाको चुनाव चिन्ह आफ्नो समूहले पाउने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने,‘मैले त हिजो पो थाहा पाएँ बरमझियाको पेडाजस्तो असली र नक्कलीजस्तो गरेर निर्वाचन आयोगमा सूर्य चिन्हका लागि दाबी परेको रहेछ ।’

नेपालको अदालत र निर्वाचन आयोगले सहजै चुनाव चिन्हका बारेमा निर्णय लिने दाबी गर्दै उनले भने,‘अदालतले जुँगा हेरेर चिन्छ । जेल लगाएको कपाल हेरेर चिन्छ । कुम हल्लाएको हिसाबले चिन्छ । अदालत र निर्वाचन आयोगले गल्ती गर्दैन । सूर्य चिन्ह हामीसँग हुन्छ । पार्टी हाम्रो हो ।’

प्रचण्ड-नेपाल समूहले बहुमत भन्नु हास्यास्पद रहेको भन्दै प्रधानमन्त्री ओलीले कुनै एउटा जिल्लामा मात्रै बहुमत देखाउन चुनौती समेत दिए । उनले भने,‘बहुमतको कुरा त गफै त हो सम्धी भनेको जस्तो हो । बहुमतको कुरा कसरी कहाँ पुष्टि भयो । कुन महाविधेशनले भन्यो बहुमत छ भनेर । कुनै एउटा जिल्लमा बुहमत ल्याएर देखाउनुस त । कहाँबाट आयो, कुन कार्यकर्ताले भोट हालेर बहुमत आयो ।’

सरकारले काम गरिरहेको दाबी गदै प्रधानमन्त्री ओलीले २१ औं शताब्तीको २१ औं वर्ष नेपालका लागि असाधारण र ऐतिहासिक वर्ष हुने दाबी समेत गरे ।

उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए ।

‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो ।

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप समेत लगाए।

‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो ।’ उनले भने।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : १७ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी