नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव छैन : महासचिव पौडेल « Khabarhub

नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव छैन : महासचिव पौडेल


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् ।

शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी विभाजन गर्न लागि परेको भन्दै अव विभाजनबाट जोगाउन सम्भव नभएको बताए ।

उनले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गरे ।

आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनले दाबी गरे ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताए ।

संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उहाले बताए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका ‘आरोपपत्र’ नै पार्टी विभाजनको मुख्य कारण रहेको उनले आरोप लगाए ।

प्रचण्डले पद र कुर्चीका लागि ओलीलाई दुबै पदबाट हटाउन खोजेको आरोप लगाए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ५१ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका