२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको जानकारी दिएको छ । जसमध्ये गत २४ घण्टामा ४ सय १९ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा ७, भोजपुरमा १, मोरङमा १५ र सुनसरीमा ९ जना रहेका छन ।
यसैगरी प्रदेश २ को बारा र महोत्तरीमा १-१ जना थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै वाग्मती प्रदेशको काठमाडौंमा मात्र १२४, काभ्रेमा ९, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ५, मकवानपुरमा ४, रामेछापमा ८, ललितपुरमा २५, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा २, तनहुँमा २, पर्वतमा ३, म्याग्दीमा ५, लमजुङमा २, बागुलङमा ५ र स्याङजामा ४ जना संक्रमित थपिएका छन ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ८, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १३, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १४ र रुपन्देहीमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १, दैलेखमा ३ र सुर्खेतमा १ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २२, डडेल्धुरामा १, दार्चुलामा ५, बझाङमा ४ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : १९ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने