चट्याङबाट मृत्यु भएका परिवारलाई एक-एक लाख सहयोग | Khabarhub Khabarhub

चट्याङबाट मृत्यु भएका परिवारलाई एक-एक लाख सहयोग


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक-एक लाख प्रदान गरिएको छ ।

प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक-एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक÷एक लाखको चेक हस्तान्तरण गरेका हुन ।

वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काटन लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो । बेचन महादेवा गाउँपालिकाका खरिदार थिए ।

यसैगरी लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका उदयपुरको रानीवास खाँबुस्थित जनता माविका शिक्षक केसीलाल साहको धान रोप्ने खेतमा काम गर्न निक्लिएका बेला चट्याङ लागेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो ।

चट्याङ लागेर राजगढ गाउँपालिका–४ की २१ वर्षीया आशाकुमारी मण्डल र बेचनसँगै कोशी नदी गएका उनका साथी दीपक यादव घाइते भएका थिए ।

यसैगरी मन्त्री साहले आफू निर्वाचित सप्तरीको निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गतको १५ विद्यालयलाई एक÷एक थान थर्मल गन उपलब्ध गराउनुभएको छ । कोरोना सङ्क्रमणको अवस्था अझै नटरिसकेकाले शिक्षक तथा विद्यार्थीको तापक्रम परीक्षण गर्न सामुदायिक विद्यालयलाई थर्मल गन सहयोगी सिद्ध हुने उहनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय विन्देश्वर यादव (विक्की), नेत्रविक्रम साह र जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : ४४ बजे

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको