अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय « Khabarhub

अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो ।

तर यसरी निन्द्रा नपर्ने कारणले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा पर्दछ । तसर्थ मानिसले दैनिक औसत ७ देखि ८ घण्टासम्म सुत्नुपर्दछ । आज हामी निन्द्रा नपर्ने समस्याका केहि समाधानबारे चर्चा गर्नेछौ ।

१. बेलुका ओछ्यानमा जानु १ घण्टाअघि अनिवार्य रुपमा मोवाइल, ल्यापटप, कम्प्युटर एवम् टेलिभजन बन्द गर्नुहोस् ।
२. ओच्छ्यानमा सुत्न त्यसबेला मात्र जानुहोस्, जब तपाईंलाई मज्जाले निन्द्राले च्याप्छ ।
३. ओछ्यानमा पल्टिसकेपछि आखाँ बन्द गरेर सुत्ने प्रयाश गर्नुहोस्, जागै नबस्नुहोस् ।
४. यदि ओछ्यानमा पल्टिएको २५ मिनेटसम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई अल्छी लाग्ने काम गर्न थाल्नुहोस् ।
५. राती निन्द्रा नपर्ने समस्या भएकाहरुले भुलेर पनि दिउँसो सुत्ने बानी बसाल्नु हुदैँन ।
६. आफूले सुत्ने र उठ्ने समय तालिका नियमित एकै समयको पार्नुहोस् ।
७. ओछ्यानमा जानुअघि ६ घण्टा पहिलेदेखि कफी, मदिरा र निकोटिनको प्रयोग नगर्नुहोस् ।
८. रातको खाना खाइसकेपछि साधारण काममा व्यस्त हुनुहोस् ।
९. भोको पेट वा धेरै खाएमा पनि राम्रो निन्द्रा पर्दैन त्यसैले ठिक्क मात्र खानुहोस् ।
१०. सुतेको समयमा फोनमा कुराकानी गर्ने बानी त्याग्नुहोस् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ३६ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान