करण केसीआवद्ध पुने डेभिल्सको तेस्रो हार « Khabarhub

करण केसीआवद्ध पुने डेभिल्सको तेस्रो हार


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आबद्ध पुने डेभिल्सले तेस्रो हार व्यहोरेको छ ।

आबुधाबी जारी टी-१० लिगमा सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो ।

पुनेले दिएको १ सय १६ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

बंगलाको जितमा टम मोरेसले अविजित ३८ रन जोडे । यस्तै आन्द्रे फ्लेट्चर र चिराग सुरीले ३०-३० रन बनाए । पुनेका मोहमद आमिरले १ विकेट लिए । करण एक ओभर बलिङ गर्दै १७ रन दिए । उनले विकेट लिन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको पुनेले १० ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

पुनेका टम काडमोरले ४८ रन बनाए । यस्तै एलेक्स डेभिसले अविजित ४१ रन बनाए ।

हारसँगै समूह ‘बी’ को पुछारमा रहेको पुनेको ४ खेलमा २ अंक मात्र छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ५५ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली