एक्जिट रिइन्ट्री लिएकाहरू समयमै नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने « Khabarhub

एक्जिट रिइन्ट्री लिएकाहरू समयमै नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो ।

साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात)ले  एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा ३ बर्षसम्म मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको साउदी ग्याजेटले जनाएको छ ।

नयाँ भिसामा आउनेहरुलाई भने यो नियम लागु नहुने जनाइएको छ । पछिल्लो समय साउदीले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ ।

साउदीले कोरोना संक्रमणलाई मध्यनजर गर्दै यात्रा प्रतिवन्धको समयावधि आगामी मे १७ तारिखसम्मको लागि थपेको जनाएको छ ।

कोरोना महामारी कायमै रहेको भन्दै यात्रा प्रतिवन्धको निर्णय थपिएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यसघि साउदीले कोरोनाका कारण लगाएको सबैखाले प्रतिबन्धहरु आगामी मार्च ३१ तारिखदेखि पूर्ण रुपमा हटाउने र सबै अन्तर्राष्ट्रिय उडानहरू सुरु गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ०५ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।