उत्तर कोरियाली नेता उनकी श्रीमती बेपत्ता ! « Khabarhub

उत्तर कोरियाली नेता उनकी श्रीमती बेपत्ता !


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बेपत्ता भएकी छन् । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् ।

उनी पछिल्लो पटक किम जोंग उनसँग २५ जनवरी २०२० मा प्योंगयांगमा लुनार नयाँ वर्षको कार्यक्रममा देखिएकी थिइन् । त्यो कार्यक्रममा किम आफ्नी ७४ वर्षकी आन्टी किम क्योंग ह्युइको छेउमा बसेको देखिएका थिए । उनकी काकी पनि किम जोंग उनलाई उत्तर कोरियाको सत्ता दिलाउन सहयोग गरेपछि ६ वर्षसम्म हराएकी थिइन् ।

अहिले रि सोल जू बेपत्ता भएको १ वर्षभन्दा धेरै समय भइसकेको छ तर उनको बारेमा कुनै जानकारी सार्वजनिक नहुँदा स्थानीय मिडियामा प्रश्न उठ्न थालेका छन् ।

डेलीस्टारको रिपोर्टअनुसार किम जोंग उनले आफ्नी श्रीमतीको हत्या गराएको हल्ला समेत चल्न थालेको छ । किम जोंग उनले यसअघि पनि विभिन्न पहुँचवाला व्यक्तिको हत्या गराएको रिपोर्ट सार्वजनिक भएको पृष्ठभूमिमा रि सोल जूको विषयमा पनि यस्तो आशंका गरिएको हो । २०१३ मा किमले आफ्नी काकी किम क्योंग ह्युइका पति जांग सांगको पनि हत्या गराएका थिए ।

उत्तर कोरियाबारे लेख्ने अखबार डेलीएनकेका अनुसार रि सोल जू बेपत्ता हुनुको कारण कोरोनाभाइरस पनि हुन सक्छ । कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका निर्देशक होंग मिन नेले पनि यो कुराको समर्थन गरेका छन् । रिपोर्टका अनुसार सार्वजनिक कार्यक्रममा सहभागी भएर रि सोल जू आफ्नो परिवारको लागि खतरा बन्न चाहँदिनन् । स्वयं किम जोंग उन पनि २०२० मा निकै कम कार्यक्रममा देखिएका छन् ।

रि सोल जूको व्यक्तिगत जीवनबारे धेरै जानकारी छैन । रिपोर्टका अनुसार उनले किम सुंग विश्वविद्यालयबाट ग्रयाजुएशन गरेकी हुन् । उनले उत्तर कोरियाको राजधानी प्योंगयांगबाट विद्यालय शिक्षा पूरा गरेपछि गायन सिक्नको लागि चीन गएकी थिइन् । रि सोल जूको एक प्रस्तुतीका क्रममा किम जोंग उनले उनलाई देखेका थिए । रि सोल जूको पारिवारिक पृष्ठभूमि प्रतिष्ठित छ । उनी कोरियल पिपुल आर्मीका पूर्व प्रमुखकी नातिनी हुन् ।

२०१२ मा स्थानीय मिडियामार्फत उनलाई किम जोंग उनकी पत्नीको रुपमा सार्वजनिक गरिएको थियो । केही रिपोर्टमा भने यी दुईले ३ वर्ष अघि २००९ मा नै बिहे गरेको दावी गरिएको थियो । रि सोल जू र किमका तीन सन्तान भएको कैयौं रिपोर्टमा दावी गरिएको छ तर उत्तर कोरियाले आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ३५ बजे

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे