प्रचण्डविरुद्धको अवहेलना मुद्दा डा. शर्माको इजलासमा « Khabarhub

प्रचण्डविरुद्धको अवहेलना मुद्दा डा. शर्माको इजलासमा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।

आइतबार अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए।

विराटनगरमा आयोजित पार्टीको विरोधसभामा दाहालले अदालतले फैसला नगरे जनताको अदालतबाट भए पनि फैसला गर्ने भन्दै अभिव्यक्ति दिएका थिए।

दाहालले यसअघि पनि पटक-पटक कार्यक्रमहरूमा अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध रिट परेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व चार प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अवहेलनासम्बन्धी मुद्दा दर्ता भइसकेको छ।

उक्त अवहेलना मुद्दामा न्यायाधीश डा. मनोजकुमार शर्माकै इजलासले सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरिसकेको छ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : १५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको