दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी (भिडियोसहित) « Khabarhub

दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी (भिडियोसहित)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् ।

कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।

हेरौँ भिडियो

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगमा वैधानिकताको दाबी पेस गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको उनले बताए ।

समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कार्बाही गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्दै पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ०० बजे

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ

योगेश र गोकुलहरूमाथि कारबाहीको डन्डा चलाउने ओलीको तयारी

काठमाडौं- गत बिहीबार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष

मधेसमा ३०० भन्दाबढीले गरे मतदान (तस्बिरहरू)

जनकपुरधाम– मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका