कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत उत्पादन हुँदै « Khabarhub

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत उत्पादन हुँदै


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँले कर्णालीका पाँच वटा स्थानीय तहमा सौर्य विद्युत प्रणालीको जडान गर्न थालेको छ ।

केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत प्रणाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत प्रणाली जडान गर्न लागेको हो ।

जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा ५०, तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५०, मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका–५ को लिम्सामा १७० र कालीकोटको रास्कोट नगरपालिका–९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत उत्पादन गर्ने तयारी केन्द्रले थालेको हो ।

गुठीचौरमा सौर्य विद्युत उत्पादन गर्न ३५ लाख, तिलामा ३३ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ ।

केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताए ।

‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ’, उनले भने, ‘सौर्य विद्युत प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’

विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युतको पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए ।

‘यसभन्दा अगाडि नै केन्द्रसँग गाउँपालिकाले सम्झौता गरेको थियो’, उनले भने ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १ : १५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको