नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा « Khabarhub

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रालीसँग बैंकले संझौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ ।

कार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारी, यातायात व्यवसायी तथा ग्राहक वर्गको उपस्थिति थियो ।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्तीपाईने, नोटको हिफाजतमा बृद्धिहुने साथै कोरोनाबाट बच्नपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरि मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकमजम्मागर्नेआदिसेवाहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ३ : ३३ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ