राष्ट्रपतिबाट सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा प्रदान « Khabarhub

राष्ट्रपतिबाट सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा प्रदान


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् ।

जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो ।

गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गरेका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ५ : ०१ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक