नेप्से ६५.४९ अंकले बढ्यो, ८ अर्ब ५९ करोडको सेयर किनबेच « Khabarhub

नेप्से ६५.४९ अंकले बढ्यो, ८ अर्ब ५९ करोडको सेयर किनबेच


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन आज नेप्से ६५.४९ अंकले बढेर २४ सय ७३.७३ अंकमा पुगेको छ । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४.१ अंकले बढेर ४ सय ५१.३८ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय वटा कम्पनीहरुको ७४ हजार ७ सय १५ पटकको कारोवारमा १ करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९ सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सूचक ६२ अंकले घटेर बाँकी समुहको सूचक उच्च अंकले बढेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक ३३.७१ अंकले बढेर १७ सय २३.३७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक ६ सय २६.२ अंकले बढेर १३ हजार ४८.४९ अंकमा पुगेको छ ।

त्यसैगरी जीवन बीमा समुहको सूचक पनि ५ सय ९४.२४ अंकले बढेर १८ हजार ३ सय ३५.८० अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेका छन ।

आज युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रतितिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ९३ रुपैयाँमा कारोवार हुँदा ओरन्टल होटज समुहको प्रतिकित्ता सेयर मुल्य भने तीन. ७७ प्रतिशतले घटेर पाँच सय १० रुपैयाँमा कारोवार भएको छ । आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ५६ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड ४२ लाख २९ हजार नौ सय ५९ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ५ : २१ बजे

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व