संसद् पुनःस्थापना हुनेमा विश्वस्त छु : नेता शर्मा « Khabarhub

संसद् पुनःस्थापना हुनेमा विश्वस्त छु : नेता शर्मा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए ।

सङ्कटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकले सेवा दिने गरेको भन्दै नेकपा नेता शर्माले उनीहरूको प्रशंसा गरे । उनले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान अनुरोध गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए । उनले स्थानीयस्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना