मन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियूका चार नेता पक्राउ « Khabarhub

मन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियूका चार नेता पक्राउ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

सिंहदरबारबाट पुल्चोकस्थित मन्त्री क्वार्टर फर्किएका मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियूका चार नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरोज श्रेष्ठ, सञ्जय काल्दन, आरती लामा र मनीषा कार्की रहेको अनेरास्ववियूले जनाएको छ ।

पुल्चोकमा कालो झन्डा देखाउने क्रममा पक्राउ परेका उनीहरुलाई जावलाखेल वृत्तमा राखिएको छ ।

मन्त्रीको गाडी देख्दा साथ उनीहरुले कालो झण्डा देखाएका थिए । पूर्वघोषित कार्यक्रम अनुसार मन्त्रीहरुलाई कालोझण्डा देखाएर विरोध गरिएको अनेरास्ववियूले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस