यी कलाकारको वास्तविक नाम के ? « Khabarhub

यी कलाकारको वास्तविक नाम के ?


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडमा उत्कृष्ट अभिनय गरेर कलाकारहरुले आफ्नो नामलाई लोकप्रिय बनाएका छन् ।

तर यी लोकप्रिय नामको वास्तविक नाम चाहिँ सायद कमैलाई मात्र थाहा होला । फिल्ममा आउनु अघि उनीहरु केहीले ज्योतिष विज्ञानका कारण त केहीले अन्य कारणले आफ्नो नाम बदले । यहाँ नाम बदलेर लोकप्रिय बनेका अभिनेता अभिनेत्रीको वास्तविक नाम प्रस्तुत गरिएको छ ।

बलिउडका महानायक अमिताभ बच्चनको वास्तविक नाम इंकलाब श्रीवास्तव हो । प्रख्यात लेखक सुमित्रानन्दन पन्तले अभिनेताको नाम अमिताभ राख्ने सल्लाह दिएका थिए, जसबाट बिग बी इंकलाबबाट अमिताभ बने । उनको थर पहिले बच्चन थिएन । अमिताका पिता हरिवंश रोय प्रख्यात लेखक थिए । जसले आफ्नो थर बच्चन राखेका थिए । त्यहीकारण अमिताभले पनि आफ्नो थर बच्चन राखे ।

अभिनेत्री शिल्पा सेठ्ठी जन्मिएपछि परिवारले उनको नाम अश्विनी राखेको थियो । शिल्पाकी आमा सुनन्दा सेठ्ठी एक ज्योतिष हुन् । जसले छोरीको नाम बदलेर शिल्पा राखीदिइन् । शिल्पा बलिउडकी फिट अभिनेत्रीमा पर्दछिन् ।

बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमारको वास्तविक नाम राजीव हरि ओम भाटिया हो । उनी महेश भट्टको फिल्म ‘आज’को भूमिका ‘अक्षय’बाट निकै प्रभावित भएका थिए । यो भूमिका कुमार गौरवले निभाएका थिए । उनी यो चरित्रबाट यति प्रभावित भए कि एकदिन उनी अचानक अदालत पुगेर आफ्नो नाम राजीवबाट अक्षय बनाए ।

अर्का अभिनेता सनी देओलको वास्तविक नाम अजय देओल हो । उनको नाम बलिउडमा पाइला चाल्नु अघि नै सनी राखिएको थियो । उनको भाई बोबी देओलको वास्तविक नाम विजय हो ।

बलिउकी प्रख्यात सुन्दरी अभिनेत्री रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । जबकी रेखा उनको निकनेम हो । रेखा भारतीय अभिनेता जेमिनी गणेशनकी छोरी हुन् । फिल्ममा उनी आफ्नो निकनेमबाटै लोकप्रिय भइन् ।

अभिनेता सैफ अली खानले आफ्नो वास्तविक नामलाई जहिल्यै लुकाए । तर केही वर्ष अघि उनको वैवाहिक प्रमाणपत्र लिक भएको थियो । जसमा उनको नाम सैफ नभई साजिद अली खान लेखिएको थियो । अभिनेता अजय देवगनको जन्मपछि उनको नाम विशाल देवगन राखिएको थियो । यद्यपि क्रमागतका कारण उनको नाम विशालबाट अजय राखियो ।

अभिनेत्री कियारा आडवाणीको वास्तविक नाम आलिया आडवाणी हो । फिल्ममा आउनुअघि उनलाई अभिनेता सलमान खानले नाम बदल्न सुझाव दिएका थिए । किनकी बलिउडमा पहिला नै आलिया भट्ट उपस्थित थिइन् । त्यहीकारण उनले आफ्नै इच्छाले नाम फेरिन् । अभिनेता टाइगर श्राफको वास्तविक नाम जय हेमन्त श्राफ हो । पिता जेकीलाई उनलाई टाइगर नाम दिए ।

फिल्म ‘मेने प्यार क्यों किया’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री कटरीना कैफको वास्तविक नाम कटरीना टरकोटे हो । उनको आमाको नाम सुजैन टरकोटे थियो । भारत आएपछि कटरीनाले आफ्नो पिता मोहम्मद कैफको थर लगाउन शुरु गरिन् । उनका पिता एक कश्मिरी हुन्, जो ब्रिटेनमा व्यापार गर्छन् ।

बलिउडकी बोल्ड अभिनेत्री मल्लिका शेरावतको वास्तविक नाम रीमा लाम्बा हो । बलिउडमा आउनु अघि रीमा नामको भ्रमबाट बच्नका लागि उनीले नै मल्लिका नाम राखिन् । शेरावत उनको आमाको थर हो ।

अभिनेता दीलिप कुमारको वास्तविक नाम यूसुफ खान हो । उनको जन्म पेशावरमा एक मुस्लिम परिवारमा भएको थियो । जहाँ उनले यो नाम पाएका थिए । अभिनेताले फिल्ममा आउनु अघि दीलिप कुमार राखेका थिए । यो नामको सुझाव उनलाई देविका रानीले दिएकी थिइन् । यूसुफ जब दीलिप बन्नका लागि सहमत भए, उनलाई सन् १९४४ मा फिल्म ‘ज्वारभाटा’मा कास्ट गरियो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ०५ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी