प्रभासको ‘सलार’मा नक्सलवादी त्रास « Khabarhub

प्रभासको ‘सलार’मा नक्सलवादी त्रास


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– दक्षिण भारतीय सुपरस्टार प्रभास यो समयमा ‘केजीएफ २’ फेम्ड निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘सलार’का कारण चर्चामा छन् ।

फिल्ममा उनले अभिनेत्री श्रुती हसनसँग रोमान्स गर्दैछन् । केही समय अघिदेखि नै फिल्मको सुटिङ सेटका केही तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । तर फिल्मसँग जोडिएको एक नयाँ खबर बाहिर आएको छ । खबर अनुसार यो फिल्ममा नक्सलवादीको आँखा परेको छ ।

यो फिल्मका लागि निर्माताहरुले खुल्ला कोइला खानीलाई सुटिङको स्थल छनोट गरेका थिए । फिल्म निर्माताले कोलार गोल्ड फिल्ड्सका लागि लोकेसन रोजे पनि पछि उनीहरुले गोदावरीखानी कोल माइन्स छनोट गरे ।

फिल्मको महत्वपूर्ण दृश्यलाई गोदावरीखानी कोल माइन्समै छायांकन गर्ने निर्णय लिए । यो स्थान नक्सलवादी अति प्रभावित क्षेत्र हो । जसकारण टिममाथि खतराको छायाँ देखिएको थियो । यो स्थानमा अवैध रुपमा कोइला निकाल्ने क्रम बढेपछि आपराधिक घटनाको संख्या पनि उत्तिकै छ । त्यहीकारण पनि यो स्थानमा सुटिङ गर्नु उत्तिकै जोखिमपूर्ण थियो ।

यो क्षेत्रमा सुटिङ शुरु हुनु अघि प्रभासले रामागुंडमको प्रहरी अधिकृत वी सत्यनारायणसँग भेटघाट गरेका थिए । प्रहरीले फिल्म युनिटको सुरक्षा गर्ने आश्वासन दिएपछि सुटिङ शूरु भएको थियो । अहिले यो स्थानमा करिब ४० प्रहरीको कडा निगरानीमा सुटिङ भइरहेको छ ।

प्रभास यो फिल्मको सुटिङ ४५ दिनमा पुरा गर्ने योजनामा छन् । फिल्मको छायांकन जनवरी अन्त्यबाट शुरु भएको हो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : २७ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक