कोरोनाले खाडीमा ज्यान गुमाएका १४ जनाको परिवारलाई आर्थिक सहयोग « Khabarhub

कोरोनाले खाडीमा ज्यान गुमाएका १४ जनाको परिवारलाई आर्थिक सहयोग


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला सुरु भएको छ । सो अवसरमा कोरोनाबाट खाडी मुलुकमा निधन भएका १४ जना मृतक परिवारका लागि आइएमईले उपलब्ध गराएको ५८ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरे ।

आईएमईको दुई दिवसीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आईएमईले आफ्नो स्तरबाट गरेको कार्य सरहानीय रहेको बताए । उनले वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकलाई निकै फाईदा भएकोले आईएमईले गरेको कार्यको प्रशंसा गरे ।

उनले प्रदेशमा लगानीको वातावरण बनेमा मुलुक समृद्धितर्फ अग्रसर हुने भएपनि संघीय सरकारले आफुहरुलाई सहयोग नगरेको आरोप समेत लगाए ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : २५ बजे

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी