तीन दिनमा दोस्रो पटक झापा जाँदै प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

तीन दिनमा दोस्रो पटक झापा जाँदै प्रधानमन्त्री ओली


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहामा लागेका छन् ।

विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओली व्यस्त हुन थालेका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए ।

पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले पोखरामा पनि विभन्न विकास निर्माणको कामको निरीक्षण तथा शिलान्यास गरेका थिए ।

दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।

सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेको सन्थाल समुदायका लागि उर्लाबारीमा १३६ परीवारलाई लक्षित गरी एकीकृत बस्ती तयार गरिने भएको छ ।

बस्ती ३० करोड रुपैयाँको लगानीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माणपछि उनीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : ३८ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६