१० अर्बको ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक « Khabarhub

१० अर्बको ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ ।

बोलकबोल प्रक्रियामार्फत दिउँसो ३ बजे ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने तय भएको छ ।

ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ । व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजदर लाग्नेछ।

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले ऋणपत्र खरिद गर्नसक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ४० बजे

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ