दुई डेपुटी गभर्नर पद खाली « Khabarhub

दुई डेपुटी गभर्नर पद खाली


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पद खाली भएको छ ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे  कार्यकाल आज सकिएको हो ।

डेपुटी गभर्नर पद खाली भएसँगै एक दर्जनभन्दा बढी प्रत्यासीहरूले दौडधुप तीव्र पारेका छन् । राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरूले दौडधुप तीव्र पारेका हुन् ।

डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरूमध्येबाट योग्यता पुगेलाई बढुवा गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमै उल्लेख छ ।

ऐनले कार्यकारी निर्देशकहरुमध्येबाट एउटा पदका लागि दुई उम्मेद्वार सिफारिस गर्न पाउने अधिकारी गभर्नरलाई दिएको छ । गभर्नरले गरेको सिफारिसका आधारमा अर्थमन्त्रीले मन्त्रिपरिषदमा लगेको प्रस्तावमार्फत डेपुटी गभर्नरको टुंगो लगाइन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ५५ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक