प्रवीण बाँस्तोला मृत्यु प्रकरण :  थप एक प्रतिवादी पक्राउ « Khabarhub

प्रवीण बाँस्तोला मृत्यु प्रकरण :  थप एक प्रतिवादी पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी –७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो ।

यसअघि प्रहरीले प्रवीण बस्दै आएको घरका धनी रमेश गिरीलाई पनि सोमबार पक्राउ गरेको थियो । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई भने जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटिमा छाडिएको छ । हत्यामा संलग्न भएको आरोप लागेका अरू दुई जना फरार छन् ।

फरार हुनेमा झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ४४ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर