प्रवीण बाँस्तोला मृत्यु प्रकरण :  थप एक प्रतिवादी पक्राउ « Khabarhub

प्रवीण बाँस्तोला मृत्यु प्रकरण :  थप एक प्रतिवादी पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी –७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो ।

यसअघि प्रहरीले प्रवीण बस्दै आएको घरका धनी रमेश गिरीलाई पनि सोमबार पक्राउ गरेको थियो । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई भने जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटिमा छाडिएको छ । हत्यामा संलग्न भएको आरोप लागेका अरू दुई जना फरार छन् ।

फरार हुनेमा झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ४४ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ