सरकारसँग वार्ता गर्न ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय टोली गठन « Khabarhub

सरकारसँग वार्ता गर्न ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय टोली गठन


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारसँग वार्ता गर्न विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्त्वमा वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

टोलीको अर्को सदस्य केन्द्रीय सदस्य उदय चलाउने दीपक छन् । औपचारिक रुपमा सार्वजनिक नगरेपनि प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि दुई सदस्य टोली वार्ताका लागि पठाउने भएको हो ।

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : ०४ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर