आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती, आउँदो चुनावमा दुई तिहाइ ल्याएर सिंहदरबार फर्किने दावी (भिडियोसहित) « Khabarhub

आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती, आउँदो चुनावमा दुई तिहाइ ल्याएर सिंहदरबार फर्किने दावी (भिडियोसहित)


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन् ।

झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कम्फर्टेबल अरुका लागि होइन ।’

नेकपाको प्रचण्ड–माधव समूहले ओली सरकार कम्फर्टेबल नभएको भन्दै केही दिनअघि व्यक्त भएको प्रतिक्रियालाई कटाक्ष गर्दै उनले भने, ‘नेपाली जनताले दुःख पाए पाउन्, तर अर्काका लागि कम्फर्टेबल सरकार होइन, नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो, नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । नेपाली जनताका लागि काम गर्ने, आवास, खानेपानी, बाटो, विद्यालय, बालबालिकालाई पुस्तक दिने सरकार चाहियो ।’

देशको स्वतन्त्रता, संप्रभुता, स्वाधीनतालाई सुरक्षित गर्दै छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध बनाउने बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनताले दुःख पाए पाऊन् तर अर्काका लागि कम्फर्टेबल सरकार बनाउनुतर्फ लाग्न नहुने बताए ।

‘अरुलाई खुशी पार्ने हाम्रो गन्तव्य होइन, समृद्ध नेपाल बनाउने गन्तव्य हो,’ उनले भने ।

नेपाललाई आधुनिक विकसित देश बनाइ छाड्ने संकल्पमा लाग्नु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/483697488694219/videos/1831935790305993

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै बैंकको ऋण लिनेदेखि अन्य सहयोगमा केही व्यवधान भए कानुन पनि संशोधन गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘नेपाली जनताको कम्फर्टेबल हुनुपर्‍यो, कम्फर्टेबल फर नेपाली पिपुल ।’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा ब्युउँताएर केही नबिग्रिएको बताए । उनले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनका लागि बोलाइसकेको बताउँदै राम्ररी अधिवेशन चलाएर अगाडि बढ्न आफ्नो भूमिका सकारात्मक हुने दावी गरे ।

यद्यपि, अब देशको राजनीति र प्रतिनिधिसभा कसरी अगाडि बढ्ने छ भन्ने कुरा सर्वोच्चको फैसला, मूल्यांकन र परिणामले गर्ने भन्दै आफूले त्यस विषयमा केही पनि प्रतिक्रिया नदिने बताए । ‘मेरो नकारात्मक भूमिका हुँदैन,’ उनले भने, ‘जहिले पनि सकारात्मक भूमिका हुन्छ ।’

आफू यो पाउँ, त्यो पाउँ भन्दै कहीँकतै मुद्दा तथा निवेदन हाल्न नगएको बताउँदै उनले भने, ‘म माग्न जाँदा तपाईंहरु (नेपाली जनता) को बीचमा जान्छु, ममाथि अन्याय भयो, तपाईंहरुले न्याय दिनुहोस् भनेर ।’

प्रधानमन्त्री ओलीले अहिले कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती पनि दिए । कुनै शक्तिले हटाए पनि चुनावमार्फत दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किने उनले दाबी गरे ।

‘अहिले कसैले हटाउन सक्छ भने हटाओस्, अबको डेढ, दुई वर्षपछि हुने चुनावमा दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किन्छु ।’

सरकारको आलोचना गर्नेहरुलाई धन्यवाद दिँदै भएका कमीकमजोरी सुधार्दै जाने अवसर मिलेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ४ : ३९ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर