सोमबार उकालो लागेको नेप्सेमा मंगलबार दोहोरो अंकले गिराव‍ट « Khabarhub

सोमबार उकालो लागेको नेप्सेमा मंगलबार दोहोरो अंकले गिराव‍ट


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्यरुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८२ अर्ब ८६ करोड ९९ लाख २० हजार बराबर पुगेको छ । नेप्सेमा आज ५९.७० बिन्दुले घटेर दुई हजार ४५५.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८० बिन्दुले घटेर ४४३.९५ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर रु छ अर्ब ११ करोड ९६ ३८ करोड ६६९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २७८.४९ र होटल तथा पर्यटन १६.८६ बिन्दुले बढ्दा बैंकिङ ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत् ४०.९९, वित्त २२.८५, निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी १.९१ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड २६ लाख ९४ हजार १७६ बराबरको कारोवार भयो । नेपाल पूर्वाधार बैंक रु २५ करोड ८० लाख ७१ हजार २९५, नेपाल बैंक रु २२ करोड ६९ लाख २६ हजार १६२, शिखर इन्स्योरेन्स रु २१ करोड ६९ लाख २२ हजार ७२७, कुमारी बैंक रु २० करोड ४८ लाख ६७ हजार १४६, नेपाल लाइफ इन्स्योरेन्स रु २० करोड २३ लाख ६६ हजार १८०, एनआइसी एशिया बैंक रु १७ करोड ७९ लाख ३५ हजार ६६४, नबिल बैंक रु १७ करोड पाँच लाख नौ हजार ३०६, हिमालयन डिस्टिलरी रु १६ करोड ५९ लाख ७४ हजार ६४४ र ग्लोबल आइएमई बैंक रु १५ करोड ९० लाख ७१ हजार १२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोवारका आधारमा साल्ट टे«डिङका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स ९.८९, हिमालयन पावर पार्टर ८.८९, एचआइडिसिएल २.१७, नेपाल इन्भेस्टमेन्ट डिवेञ्चर १.९५, गुडबिल फाइनान्स १.९३ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल हाइड्रो डेभलपमर ७.३१, कर्पोरेट डेभलपमेन्ट बैंक ६.८२, सिनर्जी पावर ६.४४, साधाना लघुवित्त ५.९३, गुह्येश्वरी मर्चेन्ट ५.८३, लक्ष्मी इक्विटी फण्ड ५.७२, मिर्मिरे माइक्रो फाइनान्स ५.६३, सूर्योदय लघुवित्तका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको