बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रधानमन्त्री ओली « Khabarhub

बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रधानमन्त्री ओली


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् ।

आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए ।

उनले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गरे ।

उनले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गरे । अर्को प्रसङ्गमा उनले प्रसाईँले मार्सी चामललाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिए । उनले भने, “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।”

उनले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ०२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको