सांसदहरुले हामीलाई नै साथ दिन्छन्, सूर्य चिह्न पनि हाम्रै हुन्छ: माधव नेपाल « Khabarhub

सांसदहरुले हामीलाई नै साथ दिन्छन्, सूर्य चिह्न पनि हाम्रै हुन्छ: माधव नेपाल


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवपक्षका अध्यक्ष माधवकुमार नेपालले नेपालमा नैतिकताको खडेरी परेको बताएका छन् ।

वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले हराउँदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरी भएको टिप्पणी गरेका हुन् ।

उनले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने बित्तिकै राजनीमा दिने नजिर भए पनि नेपालमा सत्ता सम्हालिरहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाए ।

अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउँदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए ।

उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिह्न पनि आफूहरुले नै प्राप्त गर्ने जिकिर गरे । उनले सूर्य चिह्नमा कसैलाई कर्के नजर हेर्न नदिने बताउँदै चोइटिएका पार्टीले नभई मूल पार्टीले प्राप्त गर्ने जिकिर गरे ।

अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाए । उनले सर्वोच्चले गरेको फैसला महान भएकाले अझ पनि सत्यकै जीत हुने बताए ।

भिडियो:

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ३२ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर