बालाजुमा पक्राउ परेका स्थानीयलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « Khabarhub

बालाजुमा पक्राउ परेका स्थानीयलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार कारण पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ परेकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकलाई आजै थुनामुक्त गर्नु ।”

बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारका क्रममा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, जुजुकाजी मर्हजन, सुमन घिमिरे, सुशील पोखरेल, प्रकाश महर्जन, वीरेन्द्र महर्जनलगायतलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको थियो ।

“कुनै व्यक्तिलाई थुनामा राख्दा कानूनसम्मत, उचित कारणसहित वस्तुनिष्ट आधार उल्लेख हुनुपर्नेमा यी निवेदकले के कस्तो आपराधिक कार्य गरेको भन्ने स्पष्टसँग खुल्न आएको देखिएन” आदेशमा भनिएको छ, “जसबाट यी रिट निवेदकलाई आफ्नो सम्पत्ति रक्षार्थ विचार र अभिव्यक्ति व्यक्त गरेको कारणबाट पक्राउ गरेको देखिन्छ ।”

आदेशमा आधार र कारण मिसिल संलग्न कागजबाट खुल्न सकेको नदेखिँदा निवेदकको थुना गैरकानूनी देखिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको