ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारी: मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारी: मन्त्री नेम्वाङ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताएका छन् ।

भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उनले कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताए ।

मन्त्री नेम्वाङले जल यातायातसम्बन्धी विभिन्न सन्धि, सम्झौता तथा सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको औँल्याए। उनले जल यातायात सञ्चालनका लागि नेपालले लामो समयदेखि प्रयास गरेको बताए ।

पानीजहाजसम्बन्धी ऐन सन् १९७१ पारित गरेको उनले  जानकारी दिए । उनले भने, “लामो समयपछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।”

मन्त्री नेम्वाङले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने बताए ।

नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यातायात तथा पारवाहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ ।

उनले भने, “नेपाल भूपरिवेष्ठितबाट भूजडित देशको रुपमा विकसित भइरहेको छ ।”

तीन दिनसम्म चल्ने सम्मेलनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १० : १० बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्